बिर्तामोड, बैशाख ४ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उद्घाटन कार्यक्रममा गायिक रचना रिमालले प्रस्तुति दिने भएकी छन् । उनले खेलमैदानमै सांगीतिक प्रस्तुति दिने बताइएको छ ।
चन्द्रगढी घर भएकी अहिलेकी लोकप्रिय गायिका रिमालले महिला फुटबललाई प्रोत्सहान गर्न प्रस्तुति दिन लागेको गोल्डकप आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए ।
प्रतियोगिता सुरु हुनुअघि गायिका रिमालले आधा दर्जन गीत गाउने क्लबले जनाएको छ । उनले उद्घाटनमा रंगशालासम्म आउन र बबाल गर्न दर्शकलाई आह्वान पनि गरेकी छन् ।
भोलि बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन खेलमा पोखराको आरएस पोखरा फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्दैछ ।
त्यस्तै, बैशाख ६ गते भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।
बैशाख ७ गते नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । बैशाख ८ गते एपिएफ फुटबल क्लबले ओखलढुंगाको पदमा स्पोर्टस् क्लबविरुद्ध खेल्नेछ ।
खेलतालिकाअनुसार बैशाख ९ गते पुलिस र आयोजकबीचको विजेतासँग भारतको रानी लक्ष्मीबाई स्पोर्टस् एकेडेमीले सामना गर्नेछ । बैशाख १० गते एपिएफ र पदमाबीचको विजेताविरुद्ध संकटा फुटबल क्लबले खेल्नेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बैशाख १२ गते र दोस्रो सेमिफाइनल खेल बैशाख १३ गते हुनेछ । फाइनल खेल बैशाख १४ गते हुनेछ । प्रतियोगिता भद्रपुरको मेची रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २५ हजार रुपैयाँ पाउनेछ ।
ताजा
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना
कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव जारी
तिनजुरेमा ढकमक्क फुल्यो गुराँस