रसुवाकोे कोटेकोशीमा गत भदौं १० गते आएको बिनाशकारी बाढीका कारण नेपाल महाविपत्तिकोे अवस्थामा रहेको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
इक्यान झापाले यस ‘दुःखको घडीमा हामी सवै एकजुट छौ’ं भन्दै बाढीमा परी ज्यानगुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित वेपत्ताहरुको चाँडै सकुसल फेला परुन्् भन्ने उद्देश्यले आज (शनिवार) साँझ बिर्तामोडस्थित मुक्तिचोकमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको हो ।
इक्यानको ३० औं स्थापना परेको भएपनि यस दुःखकोे घडीमा ती सवै कार्यक्रम स्थगित गरेर श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इक्यान झापाका उपाध्यक्ष अशोक भण्डारीले जानकारी दिए ।
उनका अनुसार इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत बाढीपिडीतका लागि राहत सहयोग गरिसकेको बताउँदै अन्य पनि सहयोग संकलन भइरहेको बताए । इक्यान झापाका अतिरिक्त विभाग प्रमुख सरोज खरेलको संयोजकत्वमा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, इक्यान झापाका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन इक्यान झापाका संगठन विभाग प्रमुख मोहन पराजुलीले गरेका थिए ।






























































