बिर्तामोड । १५ रुपैंयाँको एउटा ईंटा सहयोग मागेर झापा नाटक घर निर्माणको अभियान शुरु गरेको ५ बर्षपछि थोरै रकम अभावमा काम सम्पन्न हुन बाँकी छ । इच्छाशक्ति र सही सामुहिक नेतृत्व पाउने हो भने जस्तोसुकै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बिर्तामोडमा निर्माणाधिनअबस्थामा रहेको बहुजातीय साँस्कृतिक संग्रहालय सहितको  नाटक घर बनेको छ । 

झापामा प्रत्यक्ष ब्यवसायिक रुपमा नाटक मञ्चन भएको नदेखेका झापालीले केही बर्षअघि नाटक हेरेपछि नाटक घरको आवश्यकताका बारेमा चासो राखेका थिए । बिर्तामोडमा चर्चित नाटक पर्खाल, लाटीको छोरो, बार्बरिक, मालिनी  लगायत क्षितिज नाट्य  प्रतिष्ठान ले प्रदर्शन गरेपछि नाटक घरको आवश्यकता महसुस गरिएको थियो । 

बहुजातीय संग्रहालयसहितको नाटक घर निर्माण गर्ने उद्देश्यले स्वर्गीय ज्ञानुराम प्रसाईँको नेतृत्वमा झापा नाटक घर निर्माण ब्यबस्थापन  समिति गठन भएको थियो । २५ अर्बको लगानीमा बहुजातीय साँस्कृतिक  संग्रहालय निर्माण गर्ने र २ करोड ५० लाख रुपैंयाँको लगानीमा नाटक घर बनाउने उद्देश्य रहेको भएपनि अहिले नाटक घर भने निर्माणको अन्तिम चरणमा छ । 

करीब ३५ लाख रुपैंयाँ हुने हो भने एक महिनाभित्रमा नाटक घर सञ्चालनमा आउँछ । क्षितिज नाट्य प्रतिषणठानका केन्द्रीय  अध्यक्ष माधब कल्पितले भने–कुर्सी र लाइट जडान गर्ने बाहेकका काम सकिएका छन् । हालसम्म १ करोड ९० लाख रुपैंयाँ खर्च भइसकेको छ । 

स्थानिय सरकार ,प्रदेश सरकार  र संघिय सांसद विकास काेसर बाट सहयोग त भयो तर साेचेजति सहयोग नपाउदा निर्माणकाे ५ बर्ष बित्दा पनि नाटक घर संञ्चालनमा अाउन सकेको छैन अाम नागरिक समाजका भावना रुपि १/१ इट्टा जाेडेर यहाँ काम भइ रहेको  कल्पित बताउँछन् । ‘एउटा ईटादेखि ५ लाख ५० हजार रुपैंयाँ बराबरको भुमिदान काद दाता हामीले पायौं–कल्पितले भने–‘आजपनि हामी दाताको खोजीमा छौं ।

कल्पितमा नाटकको हुटहुटी यति छ कि उनी जन्मथलो इलाम छोडेर केही समय पाँचथरमा यही शिलशिलामा बिताए । उनले झापा झरेपछि पनि नाटकलाई निरन्तरता दिए । हाल ५ सयभन्दा बढी सदस्य उनको नाट्य प्रतिष्ठानमा आवद्ध छन् । उनलाई कतिले एउटा ईटा चन्दा मागेर नाटक घर बन्छ ? भनेर पागलसमेत भनेको उनी बताउँछन् । 

‘हो म पागल नै भएँ, किनकी मलाई झापामा सुविधासम्पन्न नाटक घर बनाउनु थियो–कल्पित भन्छन् । काठमाण्डौपछि झापा कलाक्षेत्रमा अब्बल रहेको कल्पितको अनुभव छ । यहाँ काम गर्ने मान्छेलाई साथ दिनेपनि प्रशस्त छन् , खुट्टा तान्ने त जहाँ पनि हुन्छन्– उनको अनुभव छ । 

एउटा ब्यक्तिको उपस्थितीले संस्थामा त्यस्तो ठुलो प्रभाव नपार्न सक्छ । तर झापा नाटक घरलाई भने एउटा ब्यक्तिको निधनले समयको सुई रोक्किएजस्तै भएको छ । संयोजक प्रसाईको २०७८ असार २५ गते सडक  दुर्घटनामा निधन भएपछि नाटक घर निर्माणकार्य सुस्तायो । नाटक घर निर्माण ब्यवस्थापनको जिम्मेवारी लिएका प्रसाईँको निधनले नाटक घर सम्पन्न हुन दुई बर्ष ढिला भएको छ । अहिले पनि स्रोत अभावमा निर्माण पक्षले सञ्चालनको मिति तय गर्न सकेको छैन । 

प्रसाईको कार्यकालमा ६० प्रतिशत भन्दा बढी भौतिक पुर्वाधार निर्माण भएको ठाउँमा उनको निधन भएको दुई बर्ष बितिसक्दासमेत ४० प्रतिशत पनि प्रगति हुन नसकेको कल्पितले बताए । नाटक घर सञ्चालन गर्न आधुनिक लाइटको आवश्यकता पर्छ । आर्थिक अभावले त्यो जडान गर्न सकिएको छैन । २५० दर्शक क्षमताको नाटक घरमा कुर्सी जडान गर्न बाँकी छ । ति काम सम्पन्न गर्न ३५ लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ । 

यो रकम जुट्ने हो भने १५ दिनमा काम सम्पन्न गर्न सकिने प्रतिष्ठानका बरिस्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारी ले  बताए । नाट्य समुहले बिभिन्न ९ वटा उपसमिति गठन गरेर निर्माण शुरु गरेको थियो । आजपनि कल्पितको नेतृत्वमा सहयोग जुटाउने कार्य जारी छ । उनी भन्छन्–झापाबाट जितेर गएका सांसददेखि स्थानीय पालिकाका प्रमुखसम्मलाई सम्पर्क नगरेको दिन छैन । तर, सहयोग भने अझै जुट्ने वाताबरण बनेको छैन ।’

सरकारले नाटक घरको महत्व नबुझेका कारण अपेक्षित सहयोग नपाएको प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराई  बताउँछन् । ‘हामीले राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री, सभामुखसम्मलाई सहयोग गरिदिन आग्रह ग¥यौं, तर आशा गरे बमोजिमको सहयोग पाउन सकेनौं–उपाध्यक्ष सुजना खतिवडा काे कथन छ । 

निर्माण शुरु भएदेखि कल्पित र उनको परिवारले चारपानेमा रहेको घर छोडेका छन् । दाताले उपलब्ध गराएको  क्षेत्रफलमा निर्माण हुँदै गरेको नाटक घरमा उनीहरुको दिन बित्ने गरेको छ । कल्पित भन्छन्–‘समाजका लागि केही गरेर देखाउँ भन्ने उद्देश्य छ। 

सबै जातका थुङ्गा- थुङ्गालाइ उनेर एउटा सुन्दर माला निर्माण गर्नु नै जीवनको सबै भन्दा ठुलो सपना रहेको उनको भनाइ छ । जुन सपना पूरा गर्न उनी सबैकाम छाडेर यसैमा समर्पित भएको बताउँछन्  । नाटक घर त सम्पन्न हुन्छ नै, संग्रहालयको समेत जग बसाउने लक्ष्य हाम्रो छ ।’ 

अभिनयमा जिबन्तता महसुस गर्न नाटक आवश्यक पर्छ । चलचित्रभन्दा फरक हुने भएकाले नाटकका आफ्नै मूल्य र महत्त्व रहेको  हुन्छन् । झापामा निरन्तर नाटक प्रदर्शन गर्ने लक्ष्य यो नाटक घर सञ्चालनमा आएपछि पुरा हुने छ । कलाकार राख्नका लागि नाटक घरले नै सुविधासम्पन्न गेष्ट हाउस निर्माण गरेको छ । प्रदेश न.१ कै एतिहासिक धराेहरकाे रुपमा निर्माण भइ रहेको संग्रहालय र कला मन्दिर पुग्न अब्यवस्थित सडक का कारण बर्खाकाे समयका यातायात पुग्न मुश्किल पर्छ । बिर्तामोड काे मुुटुका रहेको  मुख्य सडक बाट करिव ७ सय  मिटर उत्तरमा निर्माणाधीन अबस्थामा रहेको नाटक घर पुग्न पैदल यात्रा गर्नु पर्ने विडम्बना लाई चिर्दै राज्यको ध्यानाकर्षण हाेस र सडक काे स्तर उन्नति हुन सकाेस भन्ने पनि प्रतिष्ठानकाे चाहना रहेको कल्पित वताउँ छन्न ।