भन्सारमा चलखेल लाखाै‌काे सामान बिना भन्सार पास

  • पर्दाफास अनलाइन / साउन १३, २०८०
alt

काँकडभिट्टा । एकसय रुपै‌याँ भन्दा बढीकाे सामानमा भन्सार लगाउने मेची भन्सार कार्यालय काँकडभिट्टाबाट ट्रकका ट्रक सामान भन्सार नतिरी बाहिरिने गरेकाे रहष्य खुलेकाे छ । 

सामान्य भान्सा चलाउन पाेकामा केही हजारकाे सामान ल्याउने सर्बसाधारणलाई चेक जाँचमा कडाई गर्न थालेकाे मेची भन्सारले ठूला ब्यापारीका ट्रकका ट्रक सामान बिना भन्सार पास गराउने गरेकाे पाइएकाे हाे । 

भन्सार प्रक्रिया पूरा नगरी भागेको भनिएकाे सामानसहितको कन्टेनर शुक्रबार प्रहरीले नियन्त्रणमा लिएपछि साे रहष्य खुलेकाे हाे । 

भन्सारमा राजश्व नतिरी निस्किएको सो कन्टेनर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर ६ स्थित ट्राफिक पोस्ट नजिकैबाट शुक्रबार साँझ ७ बजे कन्टेनरलाई नियन्त्रणमा लिएको हो । भन्सारदेखि ट्राफिक पोस्टको दुरी ५०० मिटर छ ।  

प्रहरीले ना २ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै चालक फरार भएका थिए । 'कन्टेनर भन्सारबाट निस्किए पनि कुनै कागजात फेला परेको छैन,' डीएसपी रिजालले भने, 'अहिले कन्टेनर खोलेर सरसामान गन्ती गर्ने काम भइरहेको छ, त्यसपछि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइने छ ।' कन्टेनरमा भित्र लाखौं मुल्य बराबरको काँसका विभिन्न सामान रहेको उनले बताए ।

    सम्बन्धित समाचार
    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

    झापा, ११ भदौ :  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभ ...

    बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री
    बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री

    तेह्रथुम। समृद्धि एण्ड ब्रदर्स अटो प्रालि फिदिमको आयोजनामा आठराईको सक्रान्त ...

    ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण
    ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण

    बिर्तामोड । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीहरूको स्मृतिमा झा ...

    विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस
    विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस

    बिर्तामोड, साउन १६ / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगलागीब ...

    कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु
    कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परीतेह्रथुम आठराईका एक ...

    बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति
    बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति

    झापा, साउन १४ – झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडस्थित सतानु ...

    पर्दाफास प्रकाशन प्रा.लि.

    बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

    विज्ञापनका लागि

    ९८१५९९९१९०

    Email: [email protected]

    हाम्रो बारेमा

    पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

    पर्दाफास अनलाईन टीम

    • सञ्चालक : पुष्प बराल
    • कार्यकारी सम्पादक : तुलशी सिटौला
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

    Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.