लम्पी स्किन बिरुद्धकाे खाेप लगाउन सुरु बिर्तामाेडमा १५ हजार गाईमा खाेप लगाईदै

  • / साउन २१, २०८०
alt

    बिर्तामोड । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ ।

    आजवडा नम्बर १०मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्वको खोप लगाउन सुरु गरेको हो । लम्पी स्किन असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरुमा खोप लगाउन सुरु गरिएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

    सवै वडाका कृषकहरुको घर घरमा पुगेर पशु प्राविधिकिहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए वापत कृषकहरुले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिञ्ज, निडिल, प्राविधिकहरुको खर्र्च, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ । १५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपंछी तथा मत्स्य विकाश शाखाले जनाएको छ ।

    लम्पी स्किन रोग विरुद्व खोप सञ्चालन उद्घाटन कार्यक्रममा बोल्दै वडा नम्बर १० का अध्यक्ष दूर्योधन गुरुङ्गले लम्पी स्किन सरुवा रोग भएकोले भ्याक्सिन छुटाउन नहुने बताए । असहज अवस्था आए वडा तथा नगरपालिकालाई खबर गर्न आग्रह गर्दै उनले आवश्यक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । वडाअध्यक्ष गुरुङ्गले आफुले नै ५ सय ६५ रुपैयाँ खर्च गरेर गाईलाई भ्याक्सिन लगाएको उदाहरण दिँदै यस कार्यक्रमले कृषकलाई सहज भएको बताए ।

    बिर्तामोडमा लम्पी स्किनका कारण २ हजार ५ सय भन्दा बढी पशु संक्रमित भएका छन् भने ६ वटा मरेका छन् । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरिरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।

    सम्बन्धित समाचार
    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने

    झापा, ११ भदौ :  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभ ...

    बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री
    बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री

    तेह्रथुम। समृद्धि एण्ड ब्रदर्स अटो प्रालि फिदिमको आयोजनामा आठराईको सक्रान्त ...

    ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण
    ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण

    बिर्तामोड । हिमाल आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीहरूको स्मृतिमा झा ...

    विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस
    विपत्तिमा परेका नागरिकहरूको सहारा बन्दै साहारा नेपाल साकोस

    बिर्तामोड, साउन १६ / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगलागीब ...

    कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु
    कुवेतमा इरानी ड्रोन आक्रमणमा परी तेह्रथुम आठराईका सोमकुमार तामाङको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा इरानबाट भएको ड्रोन आक्रमणमा परीतेह्रथुम आठराईका एक ...

    बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति
    बिर्तामोडमा भीषण आगलागी : तीन घर जलेर नष्ट, तीन घरमा आंशिक क्षति

    झापा, साउन १४ – झापाको बिर्तामोड नगरपालिका–५ पुरानो भद्रपुर रोडस्थित सतानु ...

    पर्दाफास प्रकाशन प्रा.लि.

    बिर्तामोड-१, झापा, कोशी प्रदेश, नेपाल

    विज्ञापनका लागि

    ९८१५९९९१९०

    Email: [email protected]

    हाम्रो बारेमा

    पर्दाफास अनलाईनले समाजका तमाम बिकृति बिसंगति उजागर गर्ने अभिभारा साथमा लिएर उपस्थित भएको छ । यस अनलाइनले समृद्धी र विकासलाई प्रमुख प्राथमिकता दिने योजना बनाएको छ । अबको यात्रा विकास नै हो । राजनीतिक यात्रा एक अर्थमा समाप्त भइसकेको अवस्थामा समृद्धिलाई प्रमुख प्राथमिकता अनलाइनले दिने छ । साथमा समाजका हरेक गतिविधि समेटिने छ ।

    पर्दाफास अनलाईन टीम

    • सञ्चालक : पुष्प बराल
    • कार्यकारी सम्पादक : तुलशी सिटौला
    • सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४१५८-२०८०/२०८१

    Copyright © 2023/2026 - Pardafasonline.com - All Rights Reserved.