बिर्तामाेड । शनिश्चरे अस्पतालले बिभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनैतिक क्रियाकलावमा सलग्न भएकाे सार्वजनिक भएका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई निलम्बन गरेकाे छ । 

बुधबार बेलुका बनमा अस्पतालकै एक कर्मचारीसँग अनैतिक क्रियाकलावमा सलग्न भएकाे भिडियाे भाइरल भएकाे थियाे । अस्पतालकी एक कर्मचारीसँग बसेकाे अवस्थामा उनकी श्रीमतीले लछार पछार पारेकाे भिडियाे सामाजिक सञ्जालबाट सार्वजनिक भएकाे थियाे । 

भिडियाे सार्वजनिक भएपछि बसेकाे अस्पताल व्यवस्थापन समितिकाे आकस्मिक बैठकले बस्नेतलाई निलम्बन गरेकाे हाे । बैठकले बस्नेतसँग स्पष्टिकरण माग गर्ने र अर्को व्यवस्था नहुञ्जेल उनलाई स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीबाट अलग गर्नका लागि कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेकाे हाे । 

बैठकले घटनामा जाेडिएकी सरकारी कर्मचारीका बिषयमा भने केही बाेलेकाे छैन । उनी नगर अस्पतालमा कार्यारत घिमिरे थरकी महिला भएकाे बुझिएकाे छ ।