काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेमी छन् . साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि शनिबार आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् ।बोर्डोविरुद्भको उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।उनले ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् ।खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरिन् ।यस बराबरीपछि गुईंगाम्प १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको नतिजा निकाल्दै ९ अंक जोडेर आठौं स्थानमा छ ।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।