काठमाण्डाै - दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २/२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकास चन्दले एक/एक विकेट लिए । आकास चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् ।

तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि रहेको छ ।