झापा । हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा झापा जिल्लामा हल्दिबारी गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेबापत स्वास्थ्य सेवा विभागले सम्मान गरेको छ ।आर्थिक वर्ष २०७९÷८० को हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा हल्दिबारी गाउँपालिकाले गरेको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गरिएको हो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री,स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनलाई सम्मानपत्र प्रदान गरेका थिए । स्वास्थ्यकर्मी , जनप्रतिनिधि, सरोकारवाला तथा कर्मचारीहरूको सक्रियताले यो सम्मान मिलेको गाउँपालिका अध्यक्ष लिङ्देनले बताए।स्वास्थ्य स्वयंसेविका, औषधि सेवन गर्ने जनसमुदाय, राजनैतिक नेतृत्व संचारकर्मीलगायत सवैको महत्वपूर्ण सहभागिता नै सफलताको आधार भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताए। आगामी २०८१ बैशाखमा फेरि हात्तीपाईले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम संचालन हुन गईरहेको छ।
ताजा
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
देउवाले भोग्नु भएको पीडा र अबको राजीति
फोनिज तेह्रथुमद्वारा दुई अग्रज पत्रकार सम्मानित
बजाज झ्याम्मै एक्सचेन्ज मेलामा पहिलो दिनमै १४ वटा बाइक एक्सचेन्ज तथा बिक्री
ब्रड पिकका दिवंगत आरोहीको सम्झनामा दीप प्रज्वलन र पानी वितरण