काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा अलआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।
ताजा
मुस्लिम समाज विकास प्रतिष्ठान झापाद्वारा विपद् राहत कोषमा १ लाख २८ हजार ६८० रुपैयाँ सहयोग
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।