झापा । हिमालय क्रियशनले सबिन राई एण्ड फारोजको लण्डन र क्यानाडामा लाईभ कन्सर्ट गर्ने तयारी गरेको छ ।
तयारी लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगितका हस्ती सबिन राई एण्ड फारोज गुञ्जिने आयोजक हिमालयन क्रिएशनले जानकारी गराएको छ ।
हिमालय क्रिएशनका अध्यक्ष विरोध चालिसेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थापित गायक राई एण्ड फारोजको संलग्नतामा सांगितिक कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो । त्यसैगरी कार्र्यक्रम स्वागत टासी लामा, बजार व्यवस्थापनका बारेमा युपेन दाहाल र किरण थापा, आर्थिक र सांस्कृतिक व्यवस्थापन बारेमा निश्चल श्रेष्ठले आफ्नो धारणा राख्नु भयको थियो, अतिथि सम्मान र संस्कारमा प्रज्वल श्रेष्ठ र मन्दिप राई तथा बिनीता अधिकारीको सन्चालनमा भयको थियो ।
कार्यक्रममा विशेष सल्लाह, सुझाव, कार्यक्रमको औचित्यबारे अभिभावक डा. महेन्द्र रञ्जित, ढाका तिवारी, उदय दुरा, निराजन ठकुरी, मिग्मा शेर्पा, कुमार दाहाल लगायतका सामाजिक ब्यक्तित्वले सुझाव राखेका थिए । कार्यक्रममा लण्डनमा संक्रिय संघ÷सस्थाका प्रतिनिधी तथा समाजसेबिहरुको सहभागिता रहेको थियो ।
लण्डनको ओन्टारियोमा पहिलो पटक लाइभ म्य्ुजिक विथ ब्याण्डको कार्यक्रम हुन गइरहेको छ । जसको पूर्व सन्ध्यामा लण्डन निवासी अग्रज सामाजिक, सांगितिक तथा नेपाली अभिभावकमा आयोजक हिमालय क्रियशनले अन्तरक्रिया तथा संस्थाको सुझाव संकलन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली गित संगीतलाई लण्डन, क्यानडामा भई नेपाली भाषा र संगितको मिलनले सम्पूर्ण नेपालीभाषीको परिचय व्यक्त गर्ने बिश्वास लिइएको छ । त्यसैमा सक्रिय भएर हिमालय क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हलमा हिमालयन क्रियसनले पहिलो पटक नेपाली ब्याण्ड सबिन राई एण्ड फारोसको लाइभ कार्यक्रम आयोजना गरेको छ ।
सक्रिय रुपमा नेपाली भाषालाई विश्वभरी चिनाउने लक्ष्य राख्दै हिमालय क्रियशनले भव्यताका साथ २ हजारबढी दर्शकको माझमा नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्मका प्रिय गायक सबिन राईलाई लण्डन म्यजिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगितलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रियशनले प्रतिबद्धता व्यक्त गरेको छ ।



























































