बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो ।राष्ट्रिय खोप तालिका अनुसार २०८१ असार १७ गतेसम्ममा ८ हजार २५१ जना बालबालिकालाई सबै प्रकारका खोपहरु लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।तथ्याङ्कअनुसार खोप लगाउन छुटेका ५२ जनालाई खोजेर लगाएको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत दिपक सापकोटाले जानकारी दिए ।पालिकाका १० वटै वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राजीवकृष्ण विष्टले बताए ।स्वास्थ्य शाखाद्वारा आयोजित पूर्ण खोप सुनिश्चित पालिका घोषणा प्रतिबद्धतापत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालगायत वडा अध्यक्ष, जनप्रतिनिधि तथा कर्मचारीहरुले हस्ताक्षर गरेका छन् ।बिर्तामोड नगरपालिकाले यसअघि धर्म, जातजाति, जनसंख्या र स्वास्थ्य क्षेत्रको सम्पूर्ण तथ्यांकसहितको ‘स्वास्थ्य पाश्र्वचित्र’ पुस्तक समेत सार्वजनिक गरेको छ ।
ताजा
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना
कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव जारी
तिनजुरेमा ढकमक्क फुल्यो गुराँस