पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा मच्छिन्द्र फुटबल क्लबले झापा–११ लाई फराकिलाे अन्तरले हराएकाे छ ।

फिदिम माविको मैदानमा आज भएको खेलमा मच्छिन्द्र क्लबले झापा–११ लाई ५–० गोलले हरायाे । मच्छिन्द्र क्लबका विजु भुजेलले दुई तथा देवेन्द्र तामाङ, उत्सव राई र सौरभ सुब्बाले एक/एक गोल गरे ।

गोल्डकपको फाइनल खेल पुस १५ गते हुनेछ । विजेताले उपाधिसहित १० लाख पाँच सय ५५ रुपैयाँ र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा 'ए' डिभिजन लिगका चार वटा क्लबसहित १० टिमको सहभागिता रहेको छ ।