काठमाडौँ : आईसीसी यू-१९ विश्वकप एशिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ। 

आज भएको उदघाटन खेलमा नेपालले डकवर्थ–लुइस (डिएलएस) नियमअनुसार यूएईलाई ५ रनले हराउँदै विजयी शुरुवात गरेको हो। 

वर्षाका कारण ४० ओभरमा झारिएको खेललाई फेरि पनि वर्षा वाधा पुर्‍याएपछि खेलको नतिजा डकवर्थ–लुइसबाट गर्नुपरेको हो। 

जितका लागि नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउँदा वर्षा भयो र उज्यालोसमेत कम भएपछि खेल रोकिन पुग्यो र डीएलएसबाट परिणाम टुंगो लगाउनु परेको हो।

यूएईका लागि याईन किरण राईले शतकीय पारी खेल्दै अविजित १०४ रन बनाएका थिए। 

त्यसअघि तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनाएको थियो। 

नेपालका लागि कप्तानी पारि खेल्दै नरेन भट्टले ६७ रन बनाए।