विर्तामोड, १३ बैशाख ।
युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर भएको छ ।
स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव अस्मिता कार्कीले जानकारी दिनुभयो । स्पाइनएक्स अस्पतालका निर्देशक डा. प्रेमबहादुर शाही, जनरल सर्जन डा. लक्ष्मण राना मगर, मेडिकल अफिसर डा. राजेन्द्र खत्वे र फिजियो थेरापिष्ट डा. कविन सापकोटा लगायतको टोलीले विशेषज्ञ सेवा दिनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले नागरिकको स्वास्थ्य राज्यको दायित्व भएको बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा काम गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने मन्त्री कार्कीको जिकिर थियो ।
युथ पावर फाउण्डेशन झापाका अध्यक्ष दीपा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड ७ का अध्यक्ष अविरल कृष्ण खरेलले वडावासीको स्वास्थ्यका लागि वडाका जनप्रतिनिधि गम्भीर रहेकाले संस्थासँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सरिता मैनालीले स्वागत गर्नु भएको थियो । ०००००
ताजा
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना
कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव जारी
तिनजुरेमा ढकमक्क फुल्यो गुराँस