कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गरिने भएको छ। प्रदेशलाई स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउन लागिएको हो। नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने संकेत देखिएको छ। झापाको बिर्तामोडमा आयोजित यो दुईदिने कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा विश्वास जगाएको हो। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सडानन्द मण्डलले कोशीको समृद्धिको मेरुदण्ड पर्यटन नै भएको उल्लेख गर्दै स्वास्थ्य पर्यटनप्रति सरकार गम्भीर रहेको बताए। ‘हामी पर्यटन प्रवर्द्धनबाट समृद्धि हासिल गर्ने दिशामा स्पष्ट मार्गमा अघि बढिरहेका छौं। भारतबाट उपचारका लागि आउने पर्यटकहरूका लागि सहज र सुरक्षित वातावरण बनाउन प्रदेश सरकार कटिबद्ध छ’, उनले भने। उनले कोशी प्रदेशमा उपलब्ध गुणस्तरीय मानव स्रोत, अनुकूल हावापानी, आधुनिक स्वास्थ्य पूर्वाधार, र प्राकृतिक शान्त वातावरणले उपचारमा सहयोग पुग्ने भएकाले आयुर्वेददेखि एलोपेथी उपचारसम्मका लागि कोशी उपयुक्त गन्तव्य भएको उल्लेख गरे। मार्टमा आँखा, दन्त, छाला र आयुर्वेदिक उपचार सेवा दिने अस्पतालहरू, होटल व्यवसायी, पर्यटन सेवा प्रदायक, औषधालय तथा विभिन्न निकायहरूका गरी ४८ वटा स्टलहरू राखिएका थिए। साथै, कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनीले मार्टलाई थप आकर्षक बनाएको थियो।बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटनलाई नयाँ एभिन्यूका रूपमा अघि बढाउँदै नेपालको हिलिङ वातावरण र हिमाली प्रभावलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
ताजा
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
देउवाले भोग्नु भएको पीडा र अबको राजीति