बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित गोमेन्द्र बहुमुखी महाविद्यालयले विए एलएलबी र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) सम्बन्धी अध्यापन गर्न लागेको छ । महाविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक तहमा कानुन र एआई सम्बन्धी अध्यापन गर्न लागेको हो ।
महाविद्यालयले शनिबार पत्रकार सम्मेलन गरी वि.टेक. इन एआईको अध्यापन गर्न लागेको जानकारी दिएको हो । प्रविधिले फड्को मारेसँगै विश्वमा एआईको प्रयोग बढेकाले गोमेन्द्रले उक्त कोर्ष पढाउन लागेको महाविद्यालयका प्राचार्य डा. रुपकप्रसाद खनालले जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर पढाउन लागिएको एआई कोर्षको लागि ४८ जना विद्यार्थीको कोटा रहेको प्राचार्य खनालले जानकारी दिए । उनका अनुसार सो कोर्ष आठ वटा सेमेष्टारमा पढाई हुने र ६ लाख २३ हजार शुल्क लाग्नेछ ।
२०५३ सालमा स्थापित कलेजले विसीए इन आइटी, बिबिए, एमबीए, एमसीए, एमसीए इन आइटी अध्यापन भइरहेको छ ।
कलेजले यसै शैक्षिक सत्रदेखि विए एलएलबी कोर्ष समेत अध्यापन गर्न लागेको छ । राजश्री जनक विश्वविद्यालयको सम्बन्धनमा सो कोर्ष अध्यापन हुन लागेको गोमेन्द्र कलेजकी प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिइन् ।
प्लस टूमा जुनसुकै विषय पढेका विद्यार्थीले विए एलएलबी अध्ययन गर्न पाउनेछन् । १० वटा सेमेष्टारको ६ लाख शुल्क लाग्ने कलेजले जनाएको छ । सो कोर्षका लागि ४० जना विद्यार्थी कोटा रहेको छ ।
सबै कार्यक्रममा भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गरिने, सेमेष्टार टप एक जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ ।
ताजा
बिर्तामोडका उत्कृष्ट तीन शिक्षक ५० हजारसहित पुरस्कृत, विद्यार्थीलाई प्रोत्साहन
युएइमाथि नेपालको रोमाञ्चक जित
चन्द्रगढी गोल्डकपमा चर्च ब्वाइजलाई स्तब्ध पार्दै एपीएफ फाइनल प्रवेश
आर्मी सामु पुलिस स्तब्ध
नागरिक अधिकार र राज्यको सीमा विषय रेडियोभिजनको कार्यक्रम
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।