झापाको बिर्तामोड–७ मा स्व. माता नरमाया खतिवडाको सम्झनामा, कृष्ण प्रसाद खतिवडा र कल्पना खतिवडा दम्पतीले वडा कार्यालयलाई अस्पताल बेड र व्हीलचेयर हस्तान्तरण गरेका छन्।

वडामा बसोबास गर्ने नागरिकलाई आकस्मिक वा अस्थायी आवश्यकता पर्दा प्रयोगका लागि यो सामग्री उपलब्ध गराइने वडा अध्यक्ष अविरल कृस्ण खरेलले जानकारी दिनुभयो।