झापा । तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।
तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार मूल्य समायोजन गरिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते नै सुनको भाउ करिब ५ प्रतिशत घटेको थियो । असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरसम्म पुगेको सुनको भाउ अहिले ४१११ डलर छ । एक औंस बराबर २. ४३ तोला हुन्छ ।
नेपालमा भने सार्वजनिक विदा परेसँगै महासंघले कात्तिक ४ यता मूल्य समायोजन गरेन । यसको प्रभाव आइतबार देखिएको हो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २६५ रुपैयाँ घटेको छ । तिहारअघि चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार १५ रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ३३५० रुपैयाँ पुगेको थियो ।
ताजा
विपत्तिमा मल्हम लगाउँदै झापा गोल्डकप : भोटेकोसी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
बाढी पीडितलाई सहयोग जुटाउँदै ईक्यान झापा
बाढीपीडितको पीडामा सहारा नेपाल : उद्धार तथा पुनःस्थापनाका लागि १५ लाख सहयोग
बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख सहयोग गर्ने
बिर्तामोड ९ मा न्वरनकाे भोज खाएका ६० जना बिरामी
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
सैनिक मोडका होटलहरूमा पुन छापा, तीनजना पक्राउ।
देउवाले भोग्नु भएको पीडा र अबको राजीति