झापा- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम अझै पनि मुलुकको संकट टरिनसकेको बताएका छन्।  पुराना दल र नयाँ दलबाट पनि राष्ट्रिय निकास ननिस्किने उनको दाबी थियो। आगामी निर्वाचनपछि पनि मुलुकले सहज निकास नपाउने र देश थप दुर्घटनातर्फ जाने दाबी गरेका छन्


आज बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले पुराना दल नसचिनु र नयाँ दलसँग मुलुक बनाउने नीति नै नहुनुले मुलुक दुर्घटनातर्फ जाने दाबी गरेका हुन्। चुनावले मुलुकको समस्या समाधान गर्नुपर्ने भए पनि वर्तमान अवस्थामा त्यो सम्भव नदेखिएको उनले बताए।


पार्टीहरूको कार्यशैलीप्रति कडा आलोचना गर्दै भुसालले पुराना राजनीतिक दलहरूले नेतृत्व परिवर्तन गर्न नचाहनु र वर्षौंसम्म पनि पुरानै सोचमा पार्टीलाई तानाशाही बनाउँदै लगेको उनको भनाइ थियो। ‘जेनजी’ आन्दोलनले दिएको सन्देशपछि राजनीतिक दलहरू सच्चिने ठूलो अवसर गुमेको उनको टिप्पणी थियो।


नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रहार गर्दै भुसालले यसलाई ‘ सिद्धान्त विहिन झुण्डको संज्ञा दिएका छन्।  उनले भने, “रास्वपाको न कुनै निश्चित विचार छ, न त कुनै सिद्धान्त नै। यो एउटा ‘ अराजकहरूको झुण्डा जस्तो मात्रै देखिएको छ। निश्चित विचार नदिएसम्म रासपा पार्टीलाई जनताले विश्वास नगर्ने उनले बताएका छन्।


मुलुकले नयाँ विचार नयाँ सिद्धान्त खोजिरहेको अवस्थामा अहिलेका दलहरुबाट त्यो सम्भव नहुने उनको धारणा थियो , मुलुकले अब नयाँ निकास खोजिरहेको उनको भनाइ थियो।


आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै उनले विगतमा आफू आबद्ध रहेका नेकपा एमाले र एकीकृत समाजवादीमा रहँदा ‘घुस नखाने’ र स्वच्छ छवि भएको पार्टी बनाउन खोजे पनि त्यहाँ सम्भव नभएको स्वीकार गरे।
अब आफ्नो दलले खासै जित हासिल गर्ने नभए तापनि मुलुकमा एउटा नीति स्थापित गरेर जाने उनकाे दावी थियो। नेकपा संयुक्तको नीति भविष्यका पिढीलाई मार्गदर्शक बन्न सक्ने उनको भनाइ छ। यही नीतिलाई स्थापित गर्न अहिले हामी निर्वाचनमा गएका छौँ। उनले भने जनताले हामीलाई पक्कै नजिकबाट हेर्नेछन्। नेकपा संयुक्तले झापाका पाँचवटा क्षेत्रमध्ये क्षेत्र नं २ मा उम्मेदवारी दिएको छ। पत्रकार सम्मेलनमा निलमणि बराल, क्षेत्र नम्बर २ का उम्मेदवार श्री शिवाकोटी लगायतको उपस्थिति रहेको थियो।