बिर्तामोड, माघ २६ । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर विवेक मगरले बचाए भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो ।
खेल अवधिभर झापाले विपक्षी सिङलिङ स्पोर्टिङ क्लबलाई दबाबमा राख्यो । झापाका आधा दर्जन प्रहार खेर गएको थियो । झापाले खेलको २८ औँ मिनेटदेखि विपक्षीमाथि दबाब सिर्जना गर्न सुरु गरेको थियो । झापाका विदेशी खेलाडी ओलावाले अफिजले डिबक्सबाट गरेको पावरफुल प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले विफल बनाए ।
३८ औँ मिनेटमा झापाका समिर तामाङले गरेको प्रहार सिङलिङका गोलकिपरले बचाए । ४९ औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि उनै समिर गोल गर्न चुके । उनको हेडर बाहिरिएको थियो । निर्धारित ९० मिनेटको अन्ततिर मौसम सुब्बाले डिबक्सबाट गरेको प्रहारलाई गोलकिपरले पञ्च गरेर बचाए ।
खेलको ५९ औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले झापाका गोलकिपरसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । सिङलिङले विपक्षी पोष्टमा खासै अवसर सिर्जना गर्न सकेन ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ का गोलकिपर विवेक मगर घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपर जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
ताजा
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना
कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव जारी
तिनजुरेमा ढकमक्क फुल्यो गुराँस
चन्द्रगढी महिला गोल्डकपमा आयोजकलाई स्तब्ध पार्दै पुलिसकाे शानदार जित
पत्रकारसँग राइनोज एजुकेसन सर्भिसको एआई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
चन्द्रगढी महिला गोल्डकपमा चर्च ब्वाइजसामु स्तब्ध बन्दै भुटान घर फर्कियो।
वीरगञ्जमा डोजर आतंक : ‘सरकारको दादागिरी शैली’—उमेश डालमिया
चन्द्रगढी महिला गोल्डकपमा रचना रिमालको प्रस्तुति रहने
कला र संस्कृतिको सेतु—कोशी–बङ्गाल उत्सवले जोड्यो मन र सम्भावना
कोशी बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव जारी
तिनजुरेमा ढकमक्क फुल्यो गुराँस



























































